काठमाडौं । सिटिजन्स बैंकल र भारतको मेदान्त–द मेडिसिटि हस्पिटलबीच सेवा शुल्कमा हुने सम्बन्धी सम्झौता भएको छ ।
भारतको गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारी पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट हुनेछ । यस किसिमको सहकार्यबाट हालसम्म यस बैंकका ग्राहकहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको छन् ।
आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले मात्र पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।