Logo
Logo

लकडाउनको प्रहरीको कडाई, थानकोटमा २९ जना पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १५ चैत ।
लकडाउनको नियम अवज्ञा गर्नेमाथि प्रहरी आक्रामक बनेको छ । शनिबार बिहानै थानकोट क्षेत्रमा २९ जना पक्राउ परेका छन् ।


चन्द्रागिरि नगरपालिका अन्तर्गतका नैकाप, तीनथाना, धौलागिरी आवास, सिभिल होम्स, मत्स्यगाँउ, मातातिर्थ, पाल्तेन प्लटिङ, पानीघाट, थानकोट बजार, गुर्जुधारा, सतुंगल, दहचोक, बाँडभन्ज्याङ, नाँगढुंगाबाट लक डाउनको अवज्ञा गरी अनावश्यक रूपमा हिडडुल गर्ने २९ जनालाई पक्राउ गरिउको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए ।

चन्द्रागिरि नगरपालिका नोवेल कोरोना भाईरस संक्रमणको उच्च जोखिममा रहेको हुँदा सम्पुर्ण नगरवासीहरूमा स्वयं अनुशासित भई आ– आफ्नो घरभित्रै बसेर सुरक्षा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्