काठमाडौं । नेपाल प्रहरीले सम्पर्कविहिन प्रहरी कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका र खोजतलास गर्दा समेत नआएका २३ जना प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
गैरहाजिर हुनेमा प्रहरी सहायक निरीक्षकदेखि कार्यालयसहायकसम्म छन् । तोकिएको समयसीमाभित्र कार्यालयमा हाजिर नभए सेवाबाट हाइने चेतावनी समेत दिइएको छ ।