Logo
Logo

कृषि विकास बैङ्कको विश्वव्यापी पैसा सप्ताह विद्यार्थीसँग


126
Shares

काठमाडौं । विश्व बैङ्कको आह्वान यस वर्ष मार्च १८ देखि २४ सम्मलाई ‘आफ्नो पैसा सुरक्षित गर्नुहोस्, आफ्नो भविष्य सुरक्षित गर्नुहोस्’, भन्ने नारा सहित विश्वव्यापी पैसा सप्ताह  को रुपमा बैङ्कले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

कृषि विकास बैङ्क लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कृषि विकास बैंक कोश प्रदेशको आयोजनामा हरि नगरा माध्यमिक विद्यालय, हरिनगरमा बित्तीय साक्षरता गएको फागुन ६ गते संचालन गरेका थिए ।

विद्यालयका ११र बाह्य कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई बैङ्कका प्रमुख कार्यकारी अधिकृतले वित्तीय साक्षरता कार्यक्रममा, वित्तीय साक्षरताका सम्बन्धमा बैंक, विद्युतीय बैङ्कीङ सेवा, क्रिप्टो करेन्सी, क्यास लेस, पेपर लेस बैङ्किङ सेवाहरू, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्त्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखापालन जस्ता विषयका सम्बन्धमा जानकारी गराएका थिए ।

उनले आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरूको भूमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेबारे प्रकाश पारेका थिए । बैङ्कका प्रमुख कार्यकारी अधिकृतले हरि नगरा क्षेत्रका कर्जा ग्राहकहरूसँग कृषि विकास बैङ्कले प्रदान गर्दे आएको सेवा सम्बन्धमा जानकारी लिएका थिए ।

बैङ्कका उपमहा प्रबन्धकहरू प्रताप सुबेदी, बाबुकाजी थापा, यज्ञ प्रकाश न्यौपाने, दीर्ध बहादुर अर्याल र प्रेम कुमार श्रेष्ठको उपस्थितिमा प्रदेश कार्यालयहरुले चैत्र ५ देखी ११ गतेसम्म सामुदायिक विद्यालय लगायत विभिन्न २४ स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्