Logo
Logo

कोरोनाविरुद्ध लड्न साथ दिनोस्ः परराष्ट्रमन्त्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ चैत ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना महामारी विरुद्ध लड्न सरकारलाई साथ दिन र हौसला बढाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा मार्फत् मन्त्री ज्ञवालीले महामारी विरुद्ध अहोरात्र खटिरहेकाहरुलाई साथ र हौसला बढाउन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, “विनम्र अनुरोध– अहोरात्र खटिरहेकाहरुलाई साथ दिनुहोस्, हौसला बढाउनु होस् । भ्रम नछर्नुहोस्, भ्रममा नपर्नुहोस् ।” मन्त्री ज्ञवालीले आइतबारबाट धरानमा समेत नमूना परीक्षण शुरु भएको बताएका छन् ।

अत्यावश्यक स्वास्थ्य सामग्री आइसकेकाले अन्यत्रबाट पनि नमूना परीक्षण हुने बताएका छन् । “सीमा होलान्, तर विकसित देशलाई समेत हम्मेहम्मे परिरहेको महामारी विरुद्ध सरकार सम्पूर्ण शक्तिका साथ लागेको छ”, मन्त्री ज्ञवालीले लेखेका छन् ।
केही समूह कमजोरी मात्र औंल्याएर सरकारविरुद्ध प्रचारमा लागेका छन् । जसले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई समेत हतोत्साहित बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्