Logo
Logo

कतारबाट आएकी युवतिको रिपोर्ट ‘नेगेटिभ’


- दृष्टि न्युज/संवाददाता

0
Shares

तुलसीपुर, १७ चैत । कतारबाट आएकी दाङकी एक महिलाको कोरोना भाइरस रिपोर्ट ‘नेगिटिभ’ देखिएको छ । आइतबार ती महिलासहित बेलझुण्डीको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा रहेका अर्का एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ ।
हाल संक्रमित युवती सवार कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा आएकी ती महिलाको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए । उनीहरु दुवैको शनिबार स्वाब संकलन गरी काठमाडौँ पठाइएको थियो । शनिबार ६ जनाको स्वाब पठाएकामध्ये अन्य चार जनाको रिपोर्ट भने आउने क्रममै छ ।
यस्तै, प्रदेश नं १ बाट कोरोना भाइरसको आशंका गरिएका ३० बिरामीको थ्रोट स्वाब नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकामा आइतबारसम्म २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र विराटनगरले अन्य सात जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।
यस्तै प्रदेश नंं १ मा कोभिड–१९ को आशंका भएका बिरामीलाई राख्न निर्माण गरिएको आइसोलेसन र क्वारेन्टाइमा आजसम्म ५१२ जनालाई राखिएको छ । केन्द्रका अनुसार आइसोलेसनमा दुई महिलासहित आठ जनालाई राखिएको छ भने क्वारेन्टाइनमा ६२ महिलासहित ४०४ रहनुभएको छ । होम क्वारेन्टाइनअन्तर्गत ९३ महिलासहित ६०९ सुरक्षाका लागि बस्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्