Logo
Logo

ताइवानमा २५ वर्ष यताकै शक्तिशाली भूकम्प गयो


4.1k
Shares

एजेन्सी । ताइवानको पूर्वी तटमा शक्तिशाली भूकम्प गएको छ । हुआलिआन काउन्टीलाई केन्द्रबिन्दु बनाएर स्थानीय समय अनुसार बिहान ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का ताइवानभरी महसुस गरिएको छ ।

जमिनबाट साढे १५ किलोमिटर मूनि भूकम्प गएकोले क्षति कम भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । भूकम्पबाट अहिलेसम्म कुनै मानविय क्षति सार्वजनिक भएको छैन ।

आज मुलुकभरका विद्यालय बन्द गरिएका छन् । ताइवानमा गएको भूकम्प २५ वर्षको सबैभन्दा ठूलो भूकम्प रहेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्पपछि ताइवान र छिमेकी देशमा सुनामीको चेतावनी जारी गरिएको छ । ताइवानमा सन् १९९९ मा ठूलो भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्