Logo
Logo

वार्षिकोत्सवमा कुमारी बैङ्कद्वारा रक्तदान


126
Shares

काठमाडाैं। कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २३ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दे आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण ग्राहकवर्गहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त  गरेको छ ।  

कुमारी बैंक लिमिटेड देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको जनाएको छ ।

कुमारी बैङ्कको २३ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरेका थिए । यसले स्थानीय स्तरमा रक्त बैङ्कका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्त्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ । 

बैङ्कले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेसभुसा’  पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ । कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोसाक मार्फत सांस्कृतिक पहिचान गर्न मदत  पुर्याएकाे छ । 

विविध सांस्कृतिक परम्परालाई अंगाल्दै, बैङ्कले आफ्नो कार्य शक्तिमा समावेशिता र सम्मानलाई बढवा दिएको छ । बैङ्कले ‘सबैका लागि सधैका लागि’ भन्ने मूल उद्देश्य भित्र रही आन्तरिक आबद्धताको भावनालाई बढवा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको बताएको छ ।

कुमारी बैङ्कले देशभर ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ६६ शाखारहित बैंकिङ्ग सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू प्रवाह गर्दै आएको छ । 

आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गरी नेपालको बैंकिङ्ग जगतलाई डिजिटल बैंकिङ्ग तर्फ अग्रसर गराउन कुमारी बैंक लिमिटेड प्रतिबद्ध रहेको दाबी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्