Logo
Logo

डिएसपी धामीले एक महिनाको भाडा नलिने


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, १८ चैत ।
सरकारको आग्रहलाई स्वीकार गरी नेपाल प्रहरीका एक डिएसपीले चैत महिनाको भाडा नलिने बताएका छन् । काठमाडौँको टोखा नगरपालिका ८ रमणबस्ती स्थायी घर भएका डिएसपी लालबहादुर धामीले चैत महिनाको घर भाडा नलिने जनाएका हुन्। हाल उनी जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुखका रुपमा कार्यरत छन् ।


‘कोरोना संक्रमण फैलिने त्रासले मुलुक अहिले लकडाउन छ। नेपाल आर्थिक संकटमा गुज्रिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा नेपाल सरकारले घरभाडा छुट दिन आव्हान गरेको छ। धेरैले भाडा नलिने घोषणा गरिरहनु भएको छ। त्यही सन्दर्भमा मैले पनि एक महिनाको घरभाडा नलिने निर्णय गरेको छु।’
आफ्नो घरका ६ कोठा भाडामा लगाएको उनले बताए। ‘प्रतिकोठा मासिक साढे तीन हजारका दरले भाडा लिने गरेको थिएँ, यो चैत महिनाको भाडा लिन्न,’ उनले भने।
सरकारले एक महिनाको भाडा नलिने सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्