Logo
Logo

यातायात मजदुरको पीडा, ‘चुल्हो बालिदिने नै भोकभोकै छौँ’


वीरेन्द्र रावल

0
Shares

  • वीरेन्द्र रावल

धनगढी, २२ चैत । ‘बाँचे फर्की आउँला, नत्र सम्झनामा राखे, फेरी भेटौंला’ । यस्ता शब्दहरु ट्रक र ट्यांकरको पछाडि चालकले त्यसै लेखेका होइनन् किनकि चालकको जीवन अरुको लागि समर्पित हुन्छ ।
आफ्ना जीवनलाई हत्केलामा राखेर रातदिन दुःखकष्ट नभनी तपाइँ हाम्रा घरमा चुलो बाल्ने ठूलो भूमिका निर्वाह गरिरहेका ट्रक र ट्यांकर चालकहरुले सरकार र गैरसरकारी निकायले खासै सहयोग नगरेको गुनासो पोखेका छन् ।


खाद्य सामग्री आपूर्ति गर्ने र मानिसको हातमुख जोर्ने माध्यमको रुपमा क्रियाशिल यातायात मजदुरहरु सुदूरपश्चिमका नौ वटै जिल्लाका लागि नुन, तेल, डिजेललगायतका दैनिक उपभोग्य वस्तुहरु भारतबाट आयात गर्दासमेत भोकभोकै पर्न बाध्य छन् ।्
शनिबारमात्रै ३३ वटा ट्यांकरहरु अत्यावश्यक डिजेल लिनका लागि भारतको उत्तर प्रदेशस्थित बन्थरा डिपोतर्फ हानिएका छन् ।
तेल आपूर्ति गर्न दुवै देशका भन्सार र भारतमा लाइनमा बस्नुपर्ने बाध्यताका कारण ट्यांकर चालकलाई नेपालसम्म पुग्न तीन दिन लाग्ने गरेको ट्यांक्नर नं ५ ख १०१३ का चाकल किशोर बमले बताए ।
‘भारतमा लकडाउन छ, न त ट्यांकर रोक्नै पाइन्छ, पहिलेपहिले त सडकको एक छेउमा ट्यांकर रोकेर स्टोभ बालेर पकाएर खान पाइन्थ्यो । लकडाउनका कारण ट्यांकर रोक्न नपाइने भएका कारण तीन दिनसम्म चाउँचाउ र पानी लिएर भारततर्फ जानु परेको छ’ उनले भने । त्यस्तै, ना.७ ख ६२६२ का अर्का ट्यांकर चालक प्रकाश मल्लले भने, ‘के गर्ने जनताकोे सेवामा रातदिन नभनि सडकमा हिड्नुपर्छ । त्यसैमा खान र सुत्नको समेत ठेगान हुँदैन ।’ भारतमा भारतीय प्रहरीले शास्ती दिने, चालक र सहचालकलाई सबैले हेलाको दृष्टिले हर्ने प्रवृत्तिबढि भएको उनी बताउँछन् ।
बन्थरा डिपोमा डिजल लिन हिँडेका चालक र सहचालकका लागि बाटोमा पेटको जोहो होस् भन्नका लागि नेपाल आयल निगम धनगढीसँग आग्रह गर्दा चाउँचाउ, पानी र १० वटा स्योनटाइजर उपलब्ध गराएको उनले बर्ता ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्यांकर ईकाई कमिटी धनगढीका अध्यक्ष पुष्कर गुरुङका अनुसार धनगढीबाट नियमित रुपले आलोपालो भारततर्फ जाने जम्मा ७६ वटा ट्यांकर छन् । ती ट्यांकरहरुमध्ये १० वटालाई मात्र स्यानेटाइजर उपलब्ध गराइएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सुदूरपश्चिम प्रदेशका अध्यक्ष ललित चन्दले बताए ।
ज्यानको बाजी लगाएर जनताको घरमा चुलो बाल्न सहयोग गर्ने र खाद्यलगायत दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका यातायात मजदुरहरुको पक्षमा सरकारले तत्काल राहतका कार्यक्रमहरु विस्तार गर्नुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सचिव एवं सुदुरपश्चिम प्रदेशका इन्चाज जीतबहादुर मल्ल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्