काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीको विषयमा चासो व्यक्त गरेका छन् । बहराइनमा १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको समाचार आएसँगै प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपाली श्रमिकप्रति चासो राखेको ट्विटमार्फत जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओलीले शनिबार बहराइनका प्रधानमन्त्री शेख खालिपा विन सलमानसँग टेलिफोन वार्तामार्फत त्यहाँ रहेको नेपाली श्रमिकबारे जानकारी लिएको ट्विटमा जनाएका छन् ।
प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन्, ‘कोभिड–१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें। त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरेँ ।’
शुत्रबार मात्र बहराइनमा एउटै क्वाटरमा बसेको ९ जनामा नेपालीमा कोरोना संक्रमण देखिएको सार्वजनिक भएको थियो ।