Logo
Logo

भिमसिरियालाई मातृशोक


- दृष्टि न्युज/संवाददाता

63
Shares

स्व. आत्मदेवी भिमसिरिया

काठमाडौं, २३ चैत । भिमसिरिया ग्रुपका अध्यक्ष पवनकुमार भिमसिरियालाई मातृशोक परेको छ । भिमसिरियाको ममतामयी आमा आत्मदेवी भिमसिरियाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको छ ।
उनको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ । आत्मदेवीको तीन छोरा विनोद, पवन र राजेश छन् भने उनका तीन छोरी कवितादेवी, पुजा गुप्ता र एकता विक्रम अग्रवाल छिन् ।
शोकको यस घडीमा दिवंगत आमाप्रति दृष्टि परिवार हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ । साथै, शोकाकुल भिमसिरिया परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस्