Logo
Logo

थप तीन संक्रमित भेटिएपछि सुनसान धनगढी


- दृष्टि न्युज/संवाददाता

0
Shares

धनगढी, २३ चैत । कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ अस्पतालबाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् ।
धनगढी उपमहानगरपालिकाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो । यस अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु होम डेलिभरी गर्न उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायीलगायत सबैमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्