Logo
Logo

नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव


567
Shares

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २३औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाएको छ ।

वार्षिकोत्सवका अवसरमा देशका १२ स्थानबाट रक्तदान, १८५ वटै शाखामा वृक्षारोपण, निःशुल्क स्वास्थ्य शिविर तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू सन्चालन गरेको छ ।

कम्पनीले रक्तदान कार्यक्रम मार्फत दमकमा ३९, बिरगंजमा ३२, जनकपुरमा ३४, नारायणघाटमा ४३, हेटौडामा ३२, ललितपुरमा ३८, काठमाडौंमा ७०, पोखरामा ४१, बुटवलमा २५, कोहलपुरमा ३८, महेन्द्रनगरमा ३२ र धनगढीमा ३३ गरी कुल ४५७ पिन्ट रगत संकलन गरेको छ ।

केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन, सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपाललाई हजार लिटरको पानी ट्याङ्की प्रदान, धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हरियाली प्रवर्धनका लागि ५ लाख आर्थिक सहयोग लगाएतका कार्यक्रम गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहक, अभिकर्ता, संचालक समिति, कर्मचारी, शेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायलाई धन्यवाद दिए ।

आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्