Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
११ दिनदेखि कोरोना भाइरसको संक्रमणका कारण आइसोलेशनमा रहेका बेलायती प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका छन् । प्रधानमन्त्री ओलीले आज मंगलबार ट्विट गर्दै प्रधानमन्त्री जोन्सनको कोरोनाविरुद्धको प्रतिबद्ध संघर्षको प्रयत्नलाई प्रशंसा गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्