Logo
Logo

परीक्षण र उपचारमा प्राथमिकता दिन आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २६ चैत । सुशील कोइराला मेमोरियल फाउण्डेशनले प्राथमिकताका साथ कोरोना भाइरस संक्रमणको परीक्षण र उपचार गर्न सरकारलाई आग्रह गरेको छ ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको स्मृतिमा स्थापित फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले विज्ञप्ति जारी गरी विश्वव्यापीरूपमा फैलँदै गएको भाइरस नेपालमा फैलन नदिन कोरोना परीक्षण र उपचारको दायरा बढाउन आग्रह गरेका हुन् ।
फाउण्डेशनले साधन स्रोत र उपकरणको अभावमा परीक्षणले गति लिन नसकेको भन्दै जोखिममा रहेका स्थानका नागरिकलाई उपचारको तत्काल प्रबन्ध मिलाउनुपर्ने जनाएको छ । सदस्यसचिव कोइरालाले नेपाल–भारत सीमामा क्वारेन्टाइनमा रहेका नागरिकलाई स्वदेशमा निगरानीका साथ राख्ने व्यवस्था मिलाउन र श्रमिक तथा न्यून आय भएका नागरिकलाई तत्काल राहतको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
फाउण्डेशनले नेपालमा महामारी फैलन नदिन सरकारले वैशाख ३ गतेसम्म लकडाउन गरिसकेकाले यसलाई सघाउँदै घरमै बसेर सामाजिक दूरी कायम गरी आफू जोगिने र परिवारलाई जोगाउने काममा लाग्न अपिलसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्