Logo
Logo

ज्योति विकास बैंकद्वारा १५ बालबालिकालाई कृत्रिम हात वितरण


693
Shares

काठमाडौं । ज्योति विकास बैंकले १५ जना बालबालिकालाई कृत्रिम हात वितरण गरेको छ । बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ अन्तर्गत ई–नेबल नेपाल नामक संस्थामार्फत जन्मजातै हात नभएका र दुर्घटनामा परी हात गुमाएका १५ बालबालिकालाई कृत्रिम हात वितरण गरेको हो ।

ई–नेबल नेपालको कार्यालयमा एक कार्यक्रमबीच ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र ई–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठको उपस्थितिमा ती कृत्रिम हातहरू आवश्यक भएका बालबालिकालाई प्रदान गरिएको हो ।

कृत्रिम हातहरूले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुने र बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्