Logo
Logo

कुमारी बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट


693
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेड र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ ।सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट प्रदान गरिने सेवामा विशेष छुट पाउनेछन् । त्यसका लागि कुमारी बैंकको डेबिट–क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने छ ।

ग्राहकले ओपिडी सामान्य डेन्टल सेवाहरूमा कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रको मुख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयहरूबाट सेवा लिँदा १० प्रतिशत, विशेष डेन्टल सेवाहरूमा सात प्रतिशत र सामान्य सेवाहरूमा १० प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत र पहिलो भिजिटमा निःशुल्क आँखा परीक्षण गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्