Logo
Logo

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक मंगलबार


315
Shares

डौं । नेकपा एकीकृत समाजवादीमा गहन छलफलको माग उठेपछि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक सारिएको छ । स्थायी कमिटीमा अनुमोदनका लागिमात्र विभिन्न दस्तावेजका मस्यौदा प्रस्तुत गर्न खोजिएपछि सदस्यहरूले प्रश्न उठाएका थिए ।

स्थायी समिति सदस्य बलराम बाँस्कोटाले गहन छलफलपछि मात्रै दस्तावेज मस्यौदा पारित गरेर जानुपर्नेमा जोड दिएका थिए । उनले समय पुग्दैन भने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सारेर भए पनि छलफल गर्रौ भन्ने प्रस्ताव राखेका थिए ।

बाँस्कोटा लगायतका सदस्यहरूले गहन छलफलको माग गरेपछि आइतबार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । यस्तै, आइतबारका लागि बोलाइएको पोलिटब्युरो बैठक पनि सोमबारका लागि सारिएको छ ।

सोमबार सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक भने मंगलबारका लागि सारिएको छ । मंगलबार र बुधबार केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्