Logo
Logo

जनकपुरमा सहकारीको ८० लाख लुट्ने दुई जना पक्राउ


252
Shares

धनुषा । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको घटनामा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापर पक्राउ परेका हुुन् ।

उनीहरूको साथबाट १४ लाख ५३ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका केही हतियारधारीले लुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्