Logo
Logo

जसपाबाट प्रदीप, हसिना र रञ्जु मन्त्री बन्दै


3.8k
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट तीन जना मन्त्री बन्ने भएका छन् । जसपाले सांसद प्रदीप यादव, हसिना खान र रञ्जु झा ठाकुरलाई पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारमा पठाउने भएको हो ।

महासचिव मोहम्मद इस्तियाक राईका अनुसार प्रदीप स्वास्थ्य तथा जनसंख्या मन्त्री, हसिना स्वास्थ्य राज्यमन्त्री र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्री बनाउने निर्णय भएको हो । जनता समाजवादी पार्टीमा लागेका नवलकिशोर साह सुडी यसअघिदेखि नै संघीय सरकारमा वनमन्त्री छन् ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले आइतबार नै पदबाट राजीनामा दिएका थिए । रिक्त स्थानमा नवगठित जसपाबाट मन्त्री बनाउन लागिएको हो । महासचिव राईका अनुसार पार्टीले पठाएका मन्त्रीहरूको शपथ आज साँझ ५ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्