Logo
Logo
सहकारी ठगी प्रकरण

संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक जारी


1.3k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको मस्यौदाका लागि गठित कार्यदलको बैठक सुरु भएको छ ।

बैठक केहिबेर अघि सिंहदरबारस्थित कानुन मन्त्रालयमा सुरु भएको हो । कानुनमन्त्री पदम गिरीको संयोकत्व रहेको कार्यदलमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल छन् ।

बैठकले समितिको कार्यादेशबारे थप छलफल गरेर टुंगोमा पु¥याउने जनाइएको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष र प्रतिपक्षबीच हिजो सहमति भएको थियो ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति एवम् गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

कांग्रेसको अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्