Logo
Logo

नेत्रलाल अभागीको आज ४१औँ स्मृति दिवस मनाइँदै


567
Shares

दाङ । नेपाली वामपन्थी आन्दोलनका चर्चित योद्धा नेत्रलाल पौडेल अभागीको आज ४१औँ स्मृति दिवस मनाइँदैछ ।

२००१ पुस २७ गते दाङको धर्नामा जन्मिएका नेत्रलालले तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध किसानलाई प्रशिक्षित गर्ने मात्रै होइन, तत्कालीन शासकका दमनविरुद्ध किसानहरुलाई संगठितसमेत गरेका थिए । त्यसैगरी, नेत्रलालको हत्या गर्ने अनेक षड्यन्त्रलाई किसानहरुले पटक–पटक विफल पारिदिएका थिए ।

१९ वर्षे राजनीतिक यात्राका क्रममा ११ वर्षे कठोर भूमिगत राजनीतिक जीवन भोगेका नेत्रलाल शिक्षण, राजनीति र साहित्य तीनै क्षेत्रमा सक्रिय थिए भने कम्युनिष्ट नेताका रुपमा उनी जनतामाझ लोकप्रिय थिए । उनी कवि पनि थिए । ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ उनको सर्वाधिक रुचाइएको कविता हो ।

खासगरी, दाङमा कम्युनिष्ट नेता कार्यकर्ता उत्पादन गर्ने जसपनि उनै अभागीलाई जान्छ । वामपन्थी वृत्तमा उनी एक आदर्श पात्रका रुपमा सम्मानीत समेत छन् । नेत्रलाल अभागीलाई नेपाल सरकारले २०७४ मा सहिद घोषणा गरेको थियो भने हालै उनका तस्वीर अंकित हुलाक टिकटसमेत सरकारले प्रकाशनमा ल्याएको छ ।

यसैबीच, नेकपा एकीकृत समाजवादी दाङले जिल्ला पार्टी कार्यालयमा दिउँसो स्मृति सभा गर्न लागेको समाजवादीका उपसचिव एवं प्रचार विभाग प्रमुख सूर्य बिसीले जानकारी दिए । त्यसैगरी, एमाले दाङले नेत्रलाल स्मृतिकै अवसर पारेर जिल्ला अधिवेशन गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्