Logo
Logo

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल


756
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह समेत गरेका छन् ।

आइतबार एक कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ । हामी पनि सरकारमा छौँ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन । मिडिया साथीहरू कसैले शङ्का-उपशङ्का नगरे हुन्छ ।’

सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको बताए । त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उनले बताए । 

माग्न आए पनि, नआए पनि, भने पनि नभने पनि आफूहरू जिम्मेवार राजनीतिक दल भएकाले सहज रुपमा विश्वासको मत दिएको अध्यक्ष नेपालको भनाई छ ।

‘अहिलेकाे राजनीतिक अवस्था जटिल छ । हामी सत्ताको साथमा छौँ । तर लामो साथ दिएका प्रतिपक्षीलाई पनि बिचैमा छाडेर हिँड्न हुँदैन ।’ नेपालले भने, ‘के गर्ने, कसो गर्ने भन्ने छलफलका विषयहरू बन्नुपर्छ ।’

उनले सबैलाई मिलाएर समेटेर जान सकिने दाबी गरेका छन् । नेपालले प्रधानमन्त्रीले सहमतिको लागि गरिरहेको प्रयत्नको सराहना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्