काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः सरेको छ ।
आजै दिउँसो साढे ४ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।
आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो ।
संसदीय छानबिन समिति बनाउने सहमति गरेका सत्तापक्ष र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच समितिको टीओआर कस्तो बनाउने भन्नेबारे आइतबार बिहानैबाट छलफलमा छन् ।
यद्यपि सहमति जुटिसकेको छैन ।