Logo
Logo

सुमी फर्मास्युटिकलद्वारा १० हजार लिटर स्यानिटाइजर सरकारलाई हस्तान्तरण


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, २९ चैत । सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर स्यानिटाइजर हस्तान्तरण गरेको छ । शुक्रबार मन्त्रालयमा कम्पनीका प्रोपाइटार तथा सांसद कर्मा घलेले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर स्यानिटाइजर हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मन्त्री ढकालले सेनिटाइजर संघीय सरकार मातहतका अस्पतालमा तीन हजार लिटर वितरण गरिने र सातै प्रदेशमा एक हजार लिटरका दरले बितरण गरिने जानकारी दिनुभयो । उहाँले सेनिटाइजर अभाव भइरहेको वेला उपलब्ध गराएर सरकारलाई सहयोग गरेकामा सुमीलाई धन्यवाद दिनुभयो ।

कम्पनीका प्रोपाइटारसमेत रहेका सांसद घलेले कोरोनाको महामारीबाट बच्नका लागि सरकारलाई स्यानिटाइजर उपलव्ध गराएको बताउनुभयो । औषधि व्यवस्था विभागबाट उत्पादन शुरु गर्ने अनुमति पाएपछि फर्मास्युटिकलले गत सोमबारबाट नवलपुरको कारखानाबाट स्यानिटाइजर उत्पादन शुरु गरेको हो । स्यानिटाइजर करिब रु एक करोड बराबरको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्