Logo
Logo

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि महासंघको सातै प्रदेश सरकारलाई सहयोग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ चैत । नेपाल निर्माण व्यवसायी महासंघले सातै प्रदेश सरकारलाई कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि १३ लाखका दरले ९१ लाख सहयोग गरेको छ । सबै निर्माण व्यवसायीहरूको निर्माणकार्यको बिलबाट कट्टा गरी जम्मा भएको निर्माण व्यवसाय विकास परिषद्अन्तर्गत रहेको निर्माण व्यवसायी कोषबाट खर्च हुने गरि कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारहरुलाई उक्त रकम सहयोग गर्ने गरेको शुक्रबार महासंघका महासचिव रोशन दाहालले विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । सहयोग रकम महासंघ अन्तर्गतका प्रदेश निर्माण व्यवसायी महासंघको अनुरोध र समन्वयमा भएको जानकारी गराएको छ ।

यस अघि पनि महासंघले कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो । यसरी दुई पटक गरि महासंघले कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १ करोड ९१ लाख रूपैयाँ सहयोग गरेको जानकारी गराएको छ ।

महासंघ अन्तर्गतका प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघ र एशोसिएट निर्माण व्यवसायी फर्म कम्पनी सदस्यहरूलाई देशभर आआफ्नो ठाउँबाट स्वास्थ्य सुरक्षा अपनाई कोरोना भाईरसबाट पिडितलाई राहत र यसको रोकथामको लागि सक्दो सहयोग गर्न समेत महासंघले अनुरोध गरेको महासचिव रोशन दाहालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्