काठमाडौं, २९ चैत । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठ फेरि नियुक्त भएका छन् । बैंकको सीईओमा श्रेष्ठको एक कार्यकाल थप गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आगामी चार वर्षका लागि श्रेष्ठलाई सीईयोमा पदमा नियुक्त गर्ने निर्णय गरेको हो । अब श्रेष्ठ वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षसम्म रहनेछन् । उनको पदावधि शुक्रबार सकिएको थियो । उनले चार वर्षको आफ्नो कार्यकालमा वाणिज्य बैंकलाई सबैभन्दा बढी नाफा कमाउने बैंक बनाउन सफल भएका थिए ।