Logo
Logo
सहकारी ठगी प्रकरण

कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्दै


441
Shares

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरण छानबिन गर्न गठित संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ ।

शनिबार बसेको कार्यलदको बैठकमा उक्त विषय टुंगो लाग्न नसकेपछि कार्यादेश टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिइएको हो । सोही अनुसार आज नेताहरुको बैठक बस्ने भएको हो । शीर्ष नेताहरूको बैठक बिहान ९ बजे बस्ने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

अहिले बिहान प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बैठक बस्न लागेको हाे ।

कार्यादेशमा सहमति जुट्न नसकेपछि बैठक पुनः आज बस्ने सहमति भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए । उनले छलफल सकारात्मक भएपनि टुंगोमा पु¥याउने बाँकी काम आज शीर्ष नेताबिचको बैठकले गर्ने बताए ।

शनिबार बसेको कार्यदलको बैठकमा सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठेपछि सहमति हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्