Logo
Logo

सहकारी ठगीविरुद्ध काग्रेसले आज काठमाडौंमा प्रदर्शन गर्दै


504
Shares

काठमाडौं । प्रमुख प्रीतपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आज काठमाडौं उपत्यकामा सडक प्रदर्शन गर्दैछ । प्रदर्शनसहित दिउँसो १ बजे प्रदर्शनीमार्गमा आमसभा गर्दैछ ।

सहकारी ठगीको छानविन गर्न सदन अवरुध गर्दै आएको कांग्रेसले सडकमा पनि प्रदर्शन गर्न लागेको हो । कांग्रेसले यसअघि नै आफ्ना भातृ संगठनलाई सडकमा उतारिसकेको छ ।

फाइल फोटो

यसैक्रममा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ । काठमाडौंका १० क्षेत्रअनुसार क्रमशः उमेशजंग रायमाझी, सीता थपलिया ‘उर्मिला’, रंगमति शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डा डिला संग्रौला र प्रकाश स्नेहीलाई तोकिएको छ ।

ललितपुरका ३ क्षेत्रमा दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । त्यस्तै, भक्तपुरका २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन् । काठमाडौंको पछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्