Logo
Logo

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक बस्दै


1.8k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेताहरुको बैठक बस्दैछ । आइतबार बस्ने भनिएको बैठक सोमबारलाई सारिएको थियो ।

कार्यदलमा भएका सहमति र टुंग्याउन बाँकी विषयमा छलफल गर्न आज बिहान बालुवाटारमा बैठक बस्न लागेको
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेता सहभागी हुनेछन् ।

यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउन भएको समझदारीअनुरूप बैठक बस्न लागेको जानकारी दिए ।

कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको छ । सत्तापक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रिया अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस्