Logo
Logo

पुवा न्यूगिनी पहिरोमा मृत्यु हुनेको सङ्ख्या ६७० बढी भएको अनुमान


882
Shares

एजेन्सी । पपुवा न्युगिनीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६७० नाघेको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका एक अधिकारीले बताएका छन् ।

प्रशान्त महासागरीय टापुका लागि संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायका प्रमुख सेर्हान अक्टोप्राकका अनुसार यसको प्रभाव सुरुमा सोचेभन्दा निकै ठूलो देखिएको छ ।

‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’लाई दिएको अन्तर्वार्तामा अक्टोप्राकले १५० भन्दा बढी घर ६ देखि ८ मिटर गहिरो भग्नावशेषमा पुरिएको र ६७० भन्दा बढीले ज्यान गुमाएको हुनसक्ने बताए ।

एङ्गा प्रान्तको विपद क्षेत्र वरपरको क्षेत्र पनि जोखिमपूर्ण रहेको र लगातार पहिरो खसेका कारण करिब एक हजार २५० जनालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् ।

पपुवा न्यूगिनीको राजधानी पोर्ट मोरेस्बीबाट ६०० किलोमिटर उत्तरपश्चिममा रहेको एङ्गा प्रान्तको दुर्गम क्षेत्रमा स्थानीय समयअनुसार शुक्रवार बिहान करिब ३ बजे भीषण पहिरो गएको थियो ।

हताहत हुनेको सङ्ख्या अझै बढ्न सक्ने पनि उनले बताए । बेपत्ता भएकाहरूको खोजी भइरहेको भन्दै उनले निरन्तरको पहिरो र पहिरोसँगै खसेको ढुङ्गाले उद्धार कार्यलाई प्रभावित बनाइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्