Logo
Logo

गण्डकी सरकार विरुद्धको रिटमा अन्तिम बहस हुँदै


1.3k
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको मुद्दामाथि आज सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको सो मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा हेर्दाहेर्दैमा रहेको थियो ।

सो मुद्दामा रिट निवेदक र सरकारी पक्षले बहस गरिसकेका छन् भने विपक्षी र जवाफी बहस मात्र बाँकी छ । जवाफी बहस सकेपछि सर्वोच्चले आजै निर्णय दिने तयारी गरेको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएकाले बदर हुनुपर्ने माग रिटमा गरिएको छ । ६० सदस्यीय प्रदेशसभामा ३० जनाले मत दिएको तर सभामुखले बहुमत भएको भनी व्याख्या गरेकाले उक्त निर्णय बदर हुनुपर्ने माग रिटमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्