Logo
Logo

ईभी गाडीमा पाँच अर्ब कर छली


441
Shares

काठमाडौं । विद्युतीय गाडी (ईभी) आयातमा किलोवाट छली भएको पाइएको छ । 

सरकारको प्राविधिक कमजोरीको फाइदा उठाउँदै ओमोडा र डिपलका ईभीमा किलोवाट छली भएको हो । यसबारे भन्सार विभागले प्राविधिक परीक्षणसहितको अध्ययन गरिरहेको छ ।

राजस्व सचिव डा. रामप्रसाद घिमिरेका अनुसार ओमोडा र डिपलका ईभी आयातकर्ताहरूले एक सय किलोवाटभन्दा बढीको गाडीलाई कागजात मिलाएर ल्याउने गरेका छन् । 

अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा वेबसाईट परीक्षण गर्दा पनि विचलन देखिएको बताए । उनले भने, ‘भारतमा मूल्यमा कर लगाएको छ । तर, हामीले किलोवाटमा लगाएका छौँ । गाडी आयातको तथ्याङ्क हेर्दा ५० देखि एक सय किलोवाटमा धेरै आयात भएको देखियो जसमा विचलन भएको भेटियो । यसलाई रोक्न कर बढाएका छौँ ।’

ईभी गाडीमा किलोवाट छलीबाट ५ अर्बभन्दा बढी राजस्व चुहावट भएको अनुमान गरिएको उनले बताए । किलोवाट छली प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राजस्व अनुसन्धान विभागले पनि चासो देखाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्