काठमाडौं, २ बैशाख ।
पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनाका कोरोना संक्रमण भएको पुष्टि भएको छ । पिसिआर प्रविधिबाट परीक्षणमा संक्रमण पुष्टि भएको हो । एक जनाको भनको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले प्रेस बिज्ञप्तीमार्फ जानकारी दिएको छ ।
आरडिटी टेष्टमा पोजेटिभ देखिएपछि उनीहरुलाई सोमबार नै अस्पताल भर्ना गरिएको हो । उनीहरुमा संक्रमण पुष्टि भएसँगै अपार्टमेन्टमा बस्ने करिब पाँच सय परिवारका १८ सय जना जोखिममा परेका छन् । साथै उनीहरुबाट थप व्यक्तिमा संक्रमण भएको हुनसक्ने भएकाले उपत्यका नै जोखिममा परेका छन् ।
८१ वर्षिया आमा र ५८ वर्षिया छोरामा संक्रमण देखिएको हो मन्त्रालयले जनाएको छ ।
अपार्टमेन्टमा शिल भइसकेको छ । त्यहाँ बस्नेको सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ । धेरैले लिफ्ट प्रयोग गर्ने भएकाले त्यसबाटै संक्रमण भएको आशंका गरिएको छ ।
तीन जना गत ५ चैतमा कतार एयरलाइन्सबाट आएका थिए । आएकामध्ये आमा छोरामा संक्रमण देखिएको हो । एयरलाइन्सका अन्य यात्रुको पनि खोजि सुरु भएको छ । उनीहरुको घरमा काम गर्ने दुई जनालाई पनि क्वारेन्टाइनमा राखेर परीक्षण गर्न लागिएको छ ।