Logo
Logo

सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी


21.1k
Shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने तत्कालिन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सिरोहियालाई वंशजको नागरिकता दिने निर्णयमा हस्ताक्षर गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपी दिने शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी गरेको हो ।

०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए । उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता दिइएको अनुसन्धानबाट खुलेको छ ।

सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले जारी गरेका थिए । उनको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएका हुन् । उनी दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्न अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

नागरिकता किर्ते प्रकरणमा पक्राउ परेका सिरोहिया ९ हिरात बसेर हिजो बुधबार हाजिरी जमानीमा छुटेका छन् । उनी छुटेलगततै प्रहरीले तत्कालीन समयमा नागरिकता दिने कार्यमा संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्