Logo
Logo

सिभिल अस्पतालले माग्यो विभिन्न पदमा कर्मचारी


6k
Shares

काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै विभिन्न रिक्त पदहरूमा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

अस्पतालले नवौंदेखि पाँचै तहसम्मका लागि कर्मचारी माग गरेको हो । अस्पतालको वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम रिक्त पदमा कर्मचारीहरूको सेवाका सर्त र सुविधा विनियमावली, २०७० को विनियम १५ क बमोजिम खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नु पर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ६ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्