Logo
Logo

कोरोना ताजा अपडेट : विश्वभरी १९ लाख २६ हजारभन्दा बढी संक्रमित, १ लाख १९ हजार बढीको मृत्यु


(एएफपी)

0
Shares

जेनेभा, २ बैशाख, (एएफपी) । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना संक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३ जना सङ्क्रमित भएका छन् । मंगलबार मध्याह्नसम्मको यो तथ्यांक अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो ।
अहिलेसम्म कोरोनाभाइरस संक्रमणबाट १५ मुलुक अत्यन्त प्रभावित भएका छन् ।
जसमध्ये अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा २३ हजार ६४४ जनाको मृत्यु भएको भने ५ लाख ८७ हजार १७३ जना संक्रमित छन्, जसमध्ये ३६ हजार ९४८ जना निको भएका छन् । स्पेनमा १७ हजार ७५६ जनाको मृत्यु भएको छ, यहाँ १ लाख ७० हजार ९९ जना संक्रमित भएका छन् भने ६४ हजार ७२७ निको भएका छन् ।
त्यस्तै, इटालीमा यो संक्रमणबाट २० हजार ४६५ जनाले ज्यान गुमाएका छन् भने यहाँ १ लाख ५९ हजार ५१६ जना संक्रमित भएका छन्, जसमध्ये ३५ हजार ४३५ उपचारपछि घर फर्किएका छन् । यस्तै, फ्रान्समा १४ हजार ९६७ जनाको मृत्यु, १ लाख ३६ हजार ७७९ संक्रमित भएका छन् भने यहाँ २७ हजार ८१८ निको भएका छन् ।
त्यस्तै, जमर्नीमा ३ हजार १९४ जनाले ज्यान गुमाएका छन् भने यहाँ १ लाख ३० हजार ७२ संक्रमित भएका छन् । त्यसमध्ये ६८ हजार २०० जना निको भएका छन् । बेलायतमा अहिलेसम्म संक्रमणबाट ११ हजार ३२९ जनाले ज्यान गुमाएका छन् भने ८८ हजार ६२१ जना संक्रमित भएका छन् । यहाँ ३४४ जना उपचारपछि निको भएका छन् ।
संक्रमण उत्पन्न भएको चीनमा अहिलेसम्म ३ हजार ३४१ जनाले ज्यान गुमाएका छन् भने ८२ हजार २४९ जना संक्रमित छन् । यहाँ ७७ हजार ७३८ जना उपचारपछि निको भएका छन् । इरानमा ४ हजार ५८५ जनाको मृत्यु भएको छ भने ७३ हजार ३०३ जनामा संक्रमण भएको छ, जसमध्ये ४५ हजार ९८३ जना ठी भएका छन् ।
यस्तै, टर्कीमा १ हजार २९६ जनाले ज्यान गुमाएका छन् भने यहाँ ६१ हजार ४९ जना संक्रमित भएका छन् । यहाँ ३ हजार ९५७ जना उपचारपछि ठी भएका छन् । बेल्जियममा ३ हजार ९०३ ले ज्यान गुमाएका छन् भने ३० हजार ५८९ जना संक्रमित छन्, जसमध्ये ६ हजार ७०७ निको भएका छन् । नेदरल्यान्ड्समा २ हजार ८२३ जनाले ज्यान गुमाएका छन् भने २६ हजार ५५१ लाई संक्रमण भएको छ । यहाँ २५० जना निको भएका छन् । स्विट्जरल्यान्डमा १ हजार १३८ जनाको मृत्यु भएको छ, यहाँ अहिलेसम्म २५ हजार ६८८ जनालाई संक्रमण भएको छ भने १३ हजार ७०० जना निको भएका छन् ।
यस्तै, क्यानाडामा ७८० जनाले ज्यान गुमाएका छन् भने २५ हजार ६८० जना संक्रमित छन् । यहाँ ७ हजार ७५६ जना निको भएका छन् । ब्राजिलमा अहिलेसम्म १ हजार ३५५ जनाले यो संक्रमणबाट ज्यान गुमाएका छन् भने यहाँ २३ हजार ७२३ संक्रमित छन् भने २ हजार ७९ जना उपचारपछि घर फर्किएका छन् । रुसमा १४८ जनाले ज्यान गुमाएका छन् भने यहाँ १८ हजार ३२८ जना संक्रमित भएका छन्, जसमध्ये १ हजार ४७० उपचारपछि निको भएका छन् । पछिल्लो समय यो भाइरस दक्षिण एसियाली मुलुक भारत र पाकिस्तान पनि प्रभावित बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्