Logo
Logo

संक्रमण नदेखिए पनि एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ बैशाख । क्वारेन्टाइनमा १४ दिन बसेर पनि कोरोना भाइरसको संक्रमण नदेखिएका व्यक्ति पनि थप सात दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘कोभिड १९को प्रयोगशाला जाँचको राष्ट्रिय निर्देशिका–२०७७’मा विदेशबाट आएका र क्वारेन्टाइनमा १४ दिनदेखि बसिरहेका कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति घरमा थप एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।
मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले परीक्षणलाई व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको बताए । निर्देशिकामा प्रयोगशाला परीक्षणबाट पोजेटिभ भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका तर घरमै क्वारेन्टाइनमा बसेका, १४ देखि २१ दिन पुगेका र कोभिड–१९ को लक्षण चिह्न नदेखिएका व्यक्ति पनि द्रुत परीक्षण कीट (¥यापिड डाइग्नोस्टिक टेस्ट) बाट परीक्षण गर्ने, क्वारेन्टाइनबाट घर पठाउने अवधि पुगेका र क्वारेन्टाइनमा बसेको १४ दिनभन्दा अघि नै आरटी पीसीआर विधिबाट जाँच गर्दा नेगेटिभ रिपोर्ट आएका व्यक्तिको पनि १४ देखि २१ दिनमा परीक्षण गर्ने उल्लेख गरिएको छ ।
यसैगरी पीसीआरबाट अस्पताल वा स्वास्थ्य संस्थामा कोभिड–१९ का शंकास्पद वा संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र अन्य कर्मचारी कोभिड–१९ को लक्षण र चिह्नहरू देखिएका स्वास्थ्यकर्मीले अनिवार्य गर्नुपर्ने), प्रयोगशाला परीक्षणबाट पोजेटिभ (संक्रमित) भएका व्यक्तिको सम्पर्क वा संसर्गमा आएका लक्षण र चिह्न नदेखिएका व्यक्ति (संसर्गमा आएको ५–१४ दिनभित्रमा परीक्षण गर्ने) निर्देशिकामा उल्लेख गरिएको छ ।
यसैगरी अस्पतालमा भर्ना भएका निमोनिया र सास फेर्न गा¥हो भएका सबै बिरामी, इन्फ्लुएन्जा माहामारी भएको क्षेत्रका इन्फ्लुएन्जा नभएका (नदेखिएका) १० प्रतिशत नमूना, द्रुत परीक्षण किटबाट परीक्षण गर्दा पोजेटिभ आएका सबै र सोही प्रक्रियाबाट परीक्षण गर्दा नेगेटिभ आएकामध्ये १० प्रतिशत नमूनाको पनि पीसीआरबाट परीक्षण गर्ने निर्दे्शिकामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्