Logo
Logo

अनुमति लिएको हतियार यात्रामा लैजान इजाजत चाहिने


441
Shares

काठमाडौं । अब प्रचलित कानुनबमोजिम इजाजत प्राप्त हतियार पनि घरबाहिर लैजान यात्रा इजाजत लिनुपर्ने भएको छ । जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले इजाजत प्राप्त हतियारको विषयमा यस्तो निर्णय लिएको संचारमन्त्री रेखा शर्माले शुक्रबार जानकारी दिए ।

सरकारले इजाजत प्राप्त गरेका, तर यात्रा अनुमति प्राप्त नगरेका हतियार इजाजतबाहकले घरबाहिर लैजान नपाउने तथा यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेधित गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्