Logo
Logo

मजदूर भोक भोकै बस्नु पर्दैन : भरतपुर महानगरपालिका


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, २ बैशाख । भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदूरलाई बन्दाबन्दी (लकडाउन) समयमा आफ्नो घर जान नपर्ने जनाएको छ ।
कोभिड–१९को जोखिम हुन नदिन सरकारले लकडाउन जारी राखेको छ । मजदूरलाई खानका लागि राहतको व्यवस्था गरेको जनाउँदै महानगरपालिकाले जहाँ रहेको हो त्यही ठाउँमा बसेर लकडाउनको पालना गर्न आग्रह समेत गरेको छ ।
महानगपरपालिका प्रमुख रेनु दाहालले पहिलो चरणमा १२ हजार ८ सय ३६ परिवारलाई राहत वितरण गरिसकेको र राहतको अवश्यकता भएका ज्याला मजदूरी गरेर बस्नेलाई राहत प्रदान गर्दै जाने बताइन् । उनले भनिन्, इन् । उनले भनिन्, ‘खानाको अभावले बाहिर भौतारिनु पर्दैन ।’
उद्योग, कलकारखाना, व्यवसायीक प्रतिष्ठान जहाँ रहेका छन् ती ठाउँहरुमा काम गर्नेहरुलाई सम्बन्धित कम्पनीहरुले समेत खानाको व्यवस्था गरिरहेका छन् । असंगठित ठाउँमा काम गर्ने मजदूर समस्यामा परेका हुन । उनीहरुलाई महानगरले राहत दिएको छ ।
सङकटको घडिमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै उहाँले अत्यावश्यक भएका परिवारले मात्र राहत लिइदिन आग्रह गर्नु भएको छ । वडा कार्यालयबाट राहत बितरण गरिएको छ । काठमाण्डौँ सहित विभिन्न शहरबाट भरतपुर महानगरहँुदै आ–आफ्नो गन्तव्य हिडेकाहरुलाई यहाँ खानाको व्यवस्था समेत गरिएको छ ।
नेपाली युवा उद्यमी मञ्चले नारायणगढ र स्थानीयले रामनगरमा पैदल यात्रु र खान नपाएकाहरुलाई स्थानीय तहसंग सहकार्य गरेर दिनहुँ खानाको प्रबन्ध मिलाउँदै आएका छन् । भरतपुर महानगरपालिकाले पहिलो चरणमा १ हजार २ सय १७ कुइन्टल चामल, १ सय १९ कुइन्टल दाल, ४ हजार २ सय ५१ लिटर तेल, १ हजार ३ सय ७५ किलो नुन, ३ हजार २ सय ५६ गोटा साबन, २ हजार ४ सय १५ क्रेट अण्डा, १५ कुईन्टल आलु र चना, २ हजार ३६ प्याकेट भुजा वितरण गरेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्