Logo
Logo
टी-२० विश्वकप

क्यानडामाथि अमेरिकाको सानदार जित


441
Shares

काठमाडौं । घरेलु टोली अमेरिकाले आईसीसी टी –२० विश्वकपमा विजयी सुरूवात गरेको छ । आइतबार बिहान सम्पन्न पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको छ ।

टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रंगशालामा भएको खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेटको क्षतिमा १९७ रन जोड्न सफल भयो ।

अमेरिकाका आरोन जोन्सले अविजित हुँदै सर्वाधिक ९४ रन जोड्न सफल भए। उनले ४ चौका र १० छक्का प्रहार गरे । एन्ड्रिज गौसले ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रन बनाए ।

क्यानडाका लिवालले सर्वाधिक ६१ रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । जोन्सन २३ रनमा आउट भए। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन जोडे । दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट भए । श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे ।

ग्राण्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । अमेरिका र क्यारेबियन टापुको आयोजनामा भएको टी–२० विश्वकप आजबाट सुरू भएको हो । खेल एक महिनासम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्