Logo
Logo

इलाममा झुन्डिएको अवस्थामा आमा-छोरा मृत भेटिए


504
Shares

इलाम । इलाम नगरपालिका–२ सुम्बेकस्थित पराजुली गाँउमा आमा–छोरा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । आइतबार बिहान फूलमाया तामाङ र छोरा जीवन झुण्डिएको अवस्थामा फेला परेको ज्ल्लिा प्रहरी कार्यालय इलामले जनाएको छ ।

उनीहरू घरभित्रै सुत्ने कोठामा एकै ठाउँमा दुईवटा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको छ । फूलमाया करिब ४३ र छोरा जीवन करिब २० वर्षका छन् ।

बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डीएसपी प्रकाश जवेगुले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्