Logo
Logo

जुम्लामा अब अनलाइनबाटै सवारी सञ्चालन अनुमति पत्र


- दृष्टि न्युज/संवाददाता

0
Shares

जुम्ला, ३ बैशाख । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रण कार्य व्यवस्थित गर्न र आवतजावत तथा अत्यावश्यक सेवा सञ्चालन कार्यलाई व्यवस्थित गर्न लकडाउन अवधिभर जिल्ला प्रशासन कार्यालय जुम्लाले अनलाइन सवारी सञ्चालन अनुमति पत्र (पास) उपलव्ध गराउने भएको छ ।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार लकडाउन अवधिभर उपलब्ध गराउने सवारी साधन परिचलान अनुमति पत्र (पास) वितरणको कार्यलाई सरल, सहज र सुव्यवस्थित बनाई कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउन अनलाइनको व्यवस्था गरिएको हो ।
उनले भने, ‘सामाजिक र व्यक्तिगत दूरी कायम गर्न निःशुल्क रूपमा सञ्चालनमा ल्याइएको इ–पास, epass.moha.gov.np वेबसाइटमार्फत अनलाइन सवारी पास उपलव्ध गराउने व्यवस्था गरिएको छ ।’
नेपाल सरकार (सचिवस्तर) को गत चैत ३० गतेको निर्णय कार्यन्वयनका लागि गृह मन्त्रालय (आन्तरिक सवारी तथा सभा समारोह व्यवस्थापन शाखा) को हिजो मंगलबारको पत्रानुसार जुम्लामा अनलाइन सवारी पास कार्यन्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालले जनाएको छ । इ–पास प्राप्त गर्नका लागि भउबकक.mयजब.नयख.लउ वेबसाइटमार्फत निवेदन दिनसक्ने व्यवस्था छ ।
यसअघि चैत १९ मा प्रशासनले लकडाउनका बेला सवारीसाधन चलाउन दिँदै आएको अनुमतिपत्र दिन बन्द गरेको थियो । लकडाउन पूर्णरूपमा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयले नयाँ पास दिन बन्द गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्