Logo
Logo

विश्वकप छनोटः यूएई र यमनविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, को-को परे ?


315
Shares

काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा यूएई र यमनविरुद्ध प्रतिस्पर्धा गर्ने नेपालको अन्तिम टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो ।

फरवार्ड अन्जन विष्टको नाम भने सूचीमा समेटिएको छैन । घाइते रहेकाले अन्जनले उक्त खेल गुमाउने भएका हुन् । आयुष घलान टोलीमा फर्किएका छन् भने वसन्त जिम्बा र आशिकबाबु चौधरी राष्ट्रिय टोलीमा पहिलोपटक परेका छन् ।

बन्द प्रशिक्षणमा रहेका सन्तोष महत, अजय चौधरी, योगेश गुरुङ, फत्तेमान घले, रोहन कार्की‚ समीर तामाङ, दिनेश हेन्जन भने टोलीमा परेनन् ।

नेपालले जेठ २४ गते दशरथ रंगशालामा नै यूएईसँग खेल्ने तालिका सार्वजनिक भएको थियो ।

तर एशियाली फुटबल महासंघले दशरथ रंगशालाको मैदानको मापदण्ड नपुगेको, फ्लडलाइट र सुरक्षा व्यवस्थालाई मद्देनजर गर्दै खेल ‘न्युट्रल भेन्यु’मा खेलाउन निर्देशन दिएपछि खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुन लागेको हो ।

नेपालले जेठ २९ मा साउदी अरेबियामै यमनसँग पनि खेल्नेछ ।

नेपाली टोली

गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

रक्षकः अनन्त तामाङ, अभिषेक लिम्बू, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई

मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मनीष डाँगी, वसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई

फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुष घलान

प्रतिक्रिया दिनुहोस्