Logo
Logo

न्युरोडमा सडक विभाग र महानगर प्रहरीबिच विवाद


1.1k
Shares

काठमाडौं । न्यूरोड क्षेत्रको सडक विस्तारलाई लिएर सडक विभाग र काठमाडौं महानगर प्रहरीबीच विवाद भएको छ । ठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेपछि नगर प्रहरी पनि त्यहाँ पुगेको थियो ।

अहिले नगर प्रहरी र सडक विभागका अधिकारीबीच छलफल भइरहेको छ । काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउनलाई भन्दै सडकको पिच खनेको थियो । तर, डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो ।

महानगरपालिकाले नमानेपछि सोमबार बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गर्न थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्