Logo
Logo

सिटिजन्स बैङ्कका डेपुटी सिइओ पारस काफ्लेको निधन


1.4k
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नलका डेपुटी सिइओ पारस काफ्लेको श्रीलंकमा निधन भएको छ । बैङ्किङ फाइनान्स एन्ड इन्स्योरेन्सको कार्यक्रममा सहभागी हुन श्रीलङ्का पुगेका काफ्लेको हृदयाघातका कारण निधन भएको हो ।

५० वर्षीय काफ्लेलाई छाती दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको काफ्लेको स्वास्थ्य उपचार पछि केही सुधार समेत भएको थियो । यो बिचमा काफ्लेले घरमा परिवारसँग कुरा समेत गरेका थिए । तर स्वास्थ्यमा थप समस्या देखिएपछि पुन अस्पताल लगिएको थियो ।

दोस्रो पटक अस्पताल लैजाँदा स्वास्थ्य अवस्था थप बिग्रिएपछि काफ्लेको निधन भएको बैङ्कका कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेलले जानकारी दिए । काफ्लेको पार्थिव शशि नेपाल ल्याउने तयारी भइरहेको छ ।

काफ्ले  बैंकिङ्ग क्षेत्रमा २० वर्षदेखि सक्रिय छन् । उनले व्यापार लगानी, कर्जा प्रवाह तथा सञ्चालन, शाखा व्यवस्थापन, बैंक सञ्चालन र कर्पोरेट÷साना तथा मझौला उद्यम स्थापना, सञ्चालन जोखिम व्यवस्थापन आदि क्षेत्रमा सफलतापूर्वक भूमिका निर्वाह गरेका थिए । बैङ्कले एक होनहार बैंक र गुमाएकोमा दुख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्