काठमाडौं । ज्यान सम्बन्धी कसुरका फरार काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने दोलखा भीमेश्वर नगरपालिका–१ घर भएका ५० वर्षीय गणेश घिमिरेलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
दोलखा भीमेश्वर नगरपालिका-१ सुष्पाक्षमावती बस्ने ७७ वर्षीय झिलक बहादुर विश्वकर्मा आइतबार बिहान सोही ठाउँस्थित आफ्नै मकैबारीमा मृत अवस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रही फरार रहेका घिमिरे काठमाडौं महानगरपालिका–५ स्थित लुकिछिपी बसिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।