- मोहनकृष्ण श्रेष्ठ, पूर्वराजदूत
करिब सात अर्ब मानिस बसोबास गर्ने विश्व आज अप्रत्याशितरुपमा कोरोना भाइरस (कोभिड(१९)बाट आक्रान्त छ । आउँने दिनमा के हुने हो, त्यो यकिन कसैलाई छैन । आजभन्दा ४६९ वर्षअघि सन् १५५१ मा विश्वविख्यात फ्रेन्च भविष्यवेता नोष्ट्रदामसले आफ्नो पुस्तक Les Prophecies मा ‘ल्पेग’जस्तो भाइरसबाट विश्व आक्रान्त हुने कुरा लेखेका छन् ।
साथै, सन् २००८ मा लेखिका सिल्भिया ब्राउनले आफ्नो पुस्तक End of the Days मा पनि सन् २०२० मा निमोनियाजस्तो भाइरसले विश्वलाई पिरोलिने भविष्यवाणी गरेकी थिइन् । जुन कुरा सत्य सावित हुँदैछ । यी भविष्यवेताहरुले आप्mनो अलौकिक शतिmले यस्ता दुर्दिनको पूर्वाभास पाएका हुन् कि ।
सत्य के हो भने आज विश्वको साना, ठूला, धनी गरिब, विकसित, विकासोन्मुख मुलुकहरुमा कोरोना भाइरसले त्राहीमाम बनाएको छ । आजको मितिमा झण्डै २० लाख मानिसहरुमा संक्रमण, १ लाख २६ हजारको मृत्यु भइसकेको छ । उदेकलाग्दो कुरा त के छ भने यसलाई निर्मुल पार्न कुनै खास औषधि नभएको र भ्याक्सिन वनाउन १८ महिनासम्म लाग्न सक्ने बताइएको छ । मानिसले ५१ वर्ष अगाडि नै चन्द्रमामा पाइला टेकिसकेका छन् । साथै, सरदर २२ करोड ५० लाख किलोमिटर टाढा रहेको मंगलग्रहमा समेत यानहरु पठाइरहेको अवस्था छ । तर पनि यस कोरोना भाइरसविरुद्ध विजय पाउन नसकिरहेको अवस्थाले सम्पूर्ण मानवजातीलाई निकै पिडित वनाएकोछ ।
गत डिसेम्वर महिनामा चीनको उहानमा देखापरेको कोरोना भाइरस तीन समयको यस अवधिमा विश्वको २१० मुलुकहरुमा फैलिसकेकोछ । साथै, विश्व स्वास्थ संगठनको भनाइमा हाल दक्षिण एशियामा औसत रुपमा कोरोनाबाट कम संक्रमित भएको देखिएता पनि महामारीबाट कुनैपनि देश अछुत रहन नसक्ने बताएको छ ।
हाम्रो देशमा कोरोनाबाट अहिलेसम्म भयावह स्थिति आइसकेको छैन । कोरोनाको कहरबाट भयावह हुन सक्ने सम्भावनालाई ध्यानमा राखि सरकारी तवरमा विभिन्न उपायहरु अपनाइएका छन् । यो एकदम राम्रो कुरा हो । स्वास्थ क्षेत्र अझपनि राम्ररी विकास भइनसकेको अवस्थामा यदि यस्तो गम्भीर तथा डरलाग्दो रोगले महामारीको रुपमा फैलिएमा निकै कठिन परिस्थिति पैदा हुन सक्छ । कोरोना भाइरसको महामारी रोक्न प्रथम काम हो भने केही गरी कोही संक्रमित भइहाल्यो भने तिनको यथाशिघ्र उपचार गर्नु अर्काे महत्वपूर्ण काम हो ।
कोरोनाले विश्वको महाशतिm राष्ट्र अमेरिकालाई समेत प्रभावित गरिसकेको छ । यसैले आप्mनो ५० वटै राज्यमा अमेरिकाले संकटकाल घोषणा गरी सकेको छ । साथै, युरोपमा इटाली, फ्रान्स, स्पेन, ब्रिटेन, पोर्चुगल तथा अन्य कतिपय देशहरु पनि कोरोनाबाट क्रमश प्रभावित भएका छन् । मध्यपूर्वमा इरान कोरोनाबाट सताइएको एक देश हो । त्यस्तै एसियामा जापान, दक्षिण कोरियादेखि अन्य कतिपय देशहरु प्रभावित भएका छन् । कोरोना भाइरस सानो असावधानीले पनि सर्न सक्ने रोगको रुपमा लिन÷बुझ्न सकिन्छ । त्यसैले हाल धेरै मुलुकहरु लकडाउन गरिएको छ । कोरोनाले हाल विश्व नै ठप्प पारिदिएको अवस्था छ ।
समय–समयमा विश्वमा अनेकन प्रकारका भाइरसको प्रकोप मानवजातीले झेल्दै आएका छन् । जस्तै Severe Acute Respiratory Syndrom (SARS), Middle East Respiratory Syndrom (MERS) and EBOLA आदी उदाहरण हुन् । यस प्रकारका भाइरसले समस्या खडा गरेको भएता पनि केही समयको लागि मात्र हो । पछि नियन्त्रणमा आएका थिए । तर, यो कोरोना भाइरसको प्रकोप भने अल्पसमयमै विश्वभर फैलिएको छ । मानवजातीलाई त्राहीमाम गरेकोछ ।
कोरोनाको अन्तर्राष्ट्रिय प्रभाव
विश्वभर महामारीको रुपमा फैलिएको यस भाइरसले अन्तर्राष्ट्रिय जगतमा अति प्रभाव पारेको छ । देश–देशविचको सम्वन्ध टुटेको छ । एकापसमा आवात–जावत वन्द प्रायस् भएको छ । व्यापारहरु वन्द भएका छन् । हवाई यात्रामा प्रतिवन्ध लगाइएको छ । मानिसहरु शहर, बजारमा आवत–जावत गर्न नपाउने भएका छन् । शहर, देशहरु सुनसान भएका छन् । सुरक्षाको लागि जनता आ–आफ्नै घरमा वस्न वाध्य भएका छन् । मानिस–मानिस बीच संसर्ग कम भएमा कोरोनाबाट जोगिन सक्ने भएकाले यसलाइै सबैले मनन गर्नैपर्छ । कोरोनाले विश्वव्यापी रुपमै अकल्पनीय रुपमा आर्थिक तथा सामाजिक रुपमा प्रभाव पारिसकेको छ । समग्रमा प्रत्येक देशमा नागरिकहरु कोरोनाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष्यरुपमा प्रभावित भएका छन् ।
आजको दिनसम्म नेपालमा कोरोनावाट एक जनाको पनि मुत्यु भएको खवर सुन्न परेको छैन । यो सकारात्मक पक्ष हो । संक्रमित भएका केही व्यतिm पनि उपचारपश्चात निको भएका छन् । सरकारले आवश्यक कदमहरु चालिराखेको छ । भगवान पशुपतिनाथले रक्षा गर्दै आएको कुरामा पनि विश्वास गर्ने हामी नेपालीहरु २१० देशका जनता कोरोनाको मारमा पर्दा अझपनि सुरक्षित अवस्थामा रहनु सकारात्मक छ ।
प्रकाशित मिति : बुधबार, ३ बैशाख २०७७