काठमाडौं । एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि २९ जेठमा पेसी तोकिएको छ ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र सुनिलकुमार पोखरेलको इजलासले शिघ्र सुनुवाइ गरी टुङ्ग्याउनुपर्ने भएकाले २९ गते पेसी तोक्ने निर्णय गरेको हो । रिटमाथि विपक्षीहरूको जवाफसमेत आइसकेको सर्वोच्चले जनाएको छ ।